कार्तिक १५, काडमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको (आइपीओ) को नतिजा मंगलबार आउने भएको छ । कम्पनीको (आईपीओ) बाँडफाँट मंगलबार हुने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता (आईपीओ) खुला गरेको थियो ।
जसमा दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो । आवेदन दिएकामध्ये गोलाप्रथा मार्फत ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।
खुला भएको आइपीओ र आवेदकको संख्या हेर्दा २१ लाख ९७ हजारको हात खाली हुने अवस्था छ । कम्पनीले कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर भने सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ।