मध्य भोटेकोशीको आइपिओ बाँडफाँट !

 कोरखबर   १२ कार्तिक, २०७८



कात्तिक १२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ बाँडफाँट भएको छ । आज (शुक्रबार) कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीको उक्त आइपिओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ भने बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएकामध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

क्यापिटलका अनुसार मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मका लागि सर्वसाधारणमा प्राथमिक सेयर (आइपिओ)  निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो । यसैगरी कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post