कीर्तिपुरमा बुवाको हत्या गरेको आरोपमा दुई छोरा पक्राउ

 कोरखबर   ६ फागुन, २०७८



फागुन ६, काठमाडौं । बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइभाई छोरालाई पक्राउ गरेको छ। बिहीबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनको दुई छोराले हत्या गरेको प्रहरीले जनाएको छ।

दुई छोराहरूले प्रेशर कुकर र लोहोरोले हिर्काएर बुवाको हत्या गरेका थिए। पक्राउ पर्नेमा मृतकका छोराहरू ४५ वर्षय शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन छन्। 

कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराति वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर छोराहरूले बुवालाई मरणासन्न हुनेगरी कुटेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post