प्रहरी भन्दै सर्वसाधारणलाई धम्की दिने व्यक्ति लागूऔषधसहित पक्राउ

 कोरखबर   २३ माघ, २०७८



२३ माघ, जनकपुरधाम। प्रहरी भन्दै सर्वसाधारणलाई धम्की दिने एक व्यक्तिलाई सिरहा प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय अशिम गुरुङ छन् ।

सिरहा नगरपालिका-७ स्थित बस काउन्टरमा सर्वसाधारणलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गुरुङको साथबाट लागूऔषध नाइट्राभेट–१० लेखिएको ३९ थान, स्पामा प्राक्सिभोन प्लस २२ थान, नेपाल प्रहरीको नक्कली परिचय पत्र १ थान, नक्कली रिभल्वर १ थान, ड्राइगन चक्कु एक थान, असिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, चेकबुक, एटिएम कार्ड बरामद गरेको छ ।

पक्राउ परेका गुरुङलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान भइहेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post