विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

 कोरखबर   २० माघ, २०७८



माघ २०, काठमाण्डौ । विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ । 

हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र पाँच वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । यसमध्ये सिन्धुपाल्चोकको भोटेकोसीका दावा छिरिङ शेर्पा एक्लैले मलद्वारसहित शरीरका विभिन्न भागमा लुकाएर एक किलो ५५ ग्राम सुन ल्याएका थिए । 

यस्तै रौहतटका सुनीलकुमार शाह र नवराज परियार पनि पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ परेका चार जना, सुन र फोनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post