तीन जनाको हत्या अभियोगमा पक्राउ परेका अभियुक्तहरु सार्वजनिक

 कोरखबर   २१ माघ, २०७८



माघ २१, विराटनगर ।  तीन जनाको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले मोरङमा सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका-२१ स्थायी घर भई काठमाडौँको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो । यीमध्ये मण्डल मुख्य आरोपी र बाँकी दुई उनका सहयोगी रहेको प्रहरीले नजाएको छ ।

मण्डलले आफ्नै व्यापार साझेदारहरू राजेन्द्रकुमार श्रेष्ठ, शम्भुकुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा र लिम्बुको शव ललितपुरको ठेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा बरामद गरिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post