हिउँमा चिप्लिएर सुमो दुर्घटना, तीन जना घाइते

 कोरखबर   २३ माघ, २०७८



माघ २३, सोलुखुम्बु । सोलुखुम्बुमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

आइतबार बिहान ११ बजे सोलुदुधकुण्ड नगरपालिकाको गोरा–टाप्टिङबाट सल्लेरी आउँदै गरेको ना १ ज ६१७७ नम्बरको सुमो सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्कको भित्री सडकको हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।

सुमो सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा सोलुदुधकुण्ड ८ का दिलिप मगर, सोही ठाउँका राजकुमार मगर र थुलुङ दुधकोशी १ नेलेकी सपना कार्की घाइते भएका छन् ।

उनीहरूको शरीरको बाहिरी भागमा चोट नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे स्थानीयले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घाइते तीनै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post