हुरीले रुख ढल्दा धनुषामा दुई बालबालिकाको मृत्यु

 कोरखबर   २१ माघ, २०७८



माघ २१, जनकपुरधाम । हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा एक बालक र एक बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ । रुख अचानक ढलेपछि बालक र बालिका दुबैको टाउकोमै चोट लागेपछि घटनास्थलमै मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post