माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु

 कोरखबर   १४ माघ, २०७८



१४ माघ, उदयपुर । उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका-१० बोक्सेका ५६ वर्षीय झर्कबहादुर सार्की रहेका छन् । नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post