झापामा जुत्ता उद्योगमा आगलागी : आठ करोड ५० लाख रुपैयाँ बराबरको क्षति

 कोरखबर   २१ माघ, २०७८



 माघ २१, झापा । झापाको मेचीनगरमा रहेको एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा हिजो आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।

उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । ११ वटा आगो निभाउने यन्त्र प्रयोग गरिएको प्रवक्ता पाठकले बताउनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post