रामेछापका एक युवा कीर्तिपुर नगरपालिका भवनमा मृत फेला

 कोरखबर   १३ माघ, २०७८



माघ १३, काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका भवनको पाँचौँ तलामा एक पुरुष मृत फेला परेका छन्।

बिहीबार बिहान मृत फेला परेका पुरूष रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौँ बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृतक खत्री नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए।

एक महिनादेखि उनी त्यही भवनको पाँचौँ तलामा बस्दै आएको प्रहरीले जनाएको छ । उनको मृत्यु कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post