माघ १८, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्नेछ ।
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ ।
यसअघि प्रधानमन्त्री देउवाले पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए । देउवाले पार्टीका नेताहरूसँगको भेटमा जेठ ४ मै निर्वाचन हुने जानकारी दिएका थिए।