प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ नेता !

 कोरखबर   २७ असार, २०७९



असार २७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश विभागका प्रमुख  लिउ जियानचाओबीच भेटवार्ता भएको छ।

अपराह्न चार बजेबाट दुई नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। आइतबार बिहान ८ सदस्य टोलीको नेतृत्व गर्दै चिनियाँ विदेश विभाग प्रमुख विदेश विभागका प्रमुख लिउ जियानचाओ काठमाडौं आएका हुन्।

चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरेको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post