चैत २९, काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत परिवर्तन गरेको छ।
भरतपुर महानगरपालिकामा यसअघि न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृत तोकिएको थियो। तर, उनलाई हटाइएको छ। रावलको स्थानमा न्यायाधीश प्रकाश कुमार अधिकारीलाई खटाइएको छ।
रावल चितवन जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् भने अधिकारी चौंथो नम्बरका न्यायाधीश हुन्।