बालुवाटारमा विद्यार्थी र प्रहरीबीच झडप, केही घाइते

 कोरखबर   १ सावन, २०७९



साउन १, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंकको कार्यलय बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका नेविसंघ र अखिल क्रान्तिकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

दुई पक्षबीच झडप हुँदा राष्ट्र बैंक वरपरको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । गभर्नर अधिकारी  एमालेको केन्द्रीय विभागमा रहेकाले नौतिकताको आधारमा उनले पदबाट राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षका नेविसंघ र अखिल त्रान्तिकारीले आन्दोलन घोषणा गरेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post