एमसीसी र निर्वाचनबारे देउवाले ओली र प्रचण्डसँग छलफल गर्दै

 कोरखबर   २३ माघ, २०७८



२३ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे साझा धारणा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दैछन् ।

एमसीसीबारे गठबन्धन र विपक्षी दलहरुबीच फरक फरक धारणा सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री देउवाले ओली र दाहालसँग छलफल गर्ने भएका हुन् । एमसीसी र स्थानीय तहको निर्वाचनको मितिबारे साझा धारणा तय गर्न प्रधानमन्त्री देउवाले छलफल गर्न लागेको बालुवाटार स्रोतले बताएको छ। छलफल बेलुकी ४ बजेतिर हुने बताइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post