सभामुखलाई अनेरास्ववियुको कालो झण्डा

 कोरखबर   १८ माघ, २०७८



माघ १८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ ।

सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।  सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।

यसअघि मंगलबार बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post