माघ १६, काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि सरेको छ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक माघ २६ गते बुधबार बस्ने गरी सारिएकामा भोलि बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले बैठक स्थगित सम्बन्धी सूचना जारी गरी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको जनाएका हुन् ।
बैठक विशेष कारणवश रोकिएको जनाइएको छ । तर प्रतिनिधि सभाको बैठक भने कोरोना भाइरसको महामारीका कारण गर्न नसकिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका थिए ।
राष्ट्रिय सभाको बैठक भने अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको हो ।