अध्यागमनका ९ कर्मचारी मन्त्रालय तानिए

 कोरखबर   १४ माघ, २०७८



माघ १४, काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका ९ जना कर्मचारीलाई गृहमै फिर्ता बोलाएको छ। भिजिट भिसामा  मलेसिया तथा खाडीका देशहरू जान यात्रुलाई सहयोग गरेको आशंकामा विभागका कर्मचारीलाई फिर्ता बोलाएको गृह मन्त्रालय स्रोतले जनाएको छ। 

गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो। उनीहरूले मानव तस्करलाई सहयोग गरेको स्रोतले बताएको छ। गृह मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको हो।

 स्रोतका अनुसार अध्यागमन कार्यालयबाट  पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दीपक कुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यमबहादुर भट्टराई छन्।

'केही समयदेखि समाचारहरूमा अध्यागमनका कर्मचारीको सेटिङमा मानव तस्करी भएको भन्दै आइरहेको थियो।  केही साथीहरूलाई मन्त्रालय बोलाइएको हो' गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने,‘कर्मचारी हेरफेर हाम्रो नियमित प्रक्रिया हो। आशंका गरिएको कुरा भन्ने विषय होइन।’ 

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलक अलपत्र परिरहेका छन्। सो स्थितिको विश्लेषण गरी ठोस योजना पेश गर्नका लागि भन्दै प्रवक्ता  फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post