उपत्यकामा लागु गरिएको जोर–बिजोर प्रणाली हट्ने

 कोरखबर   १४ माघ, २०७८



काठमाडौं, १४ माघ । उपत्यकाभित्र यातायात सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हट्ने भएको छ । जोर बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउन लागिएको हो ।

आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको बैठक बसी जोर बिजोर प्रणाली हटाउने निर्णय लिन लागिएको बुझिएको छ । जोर बिजोर प्रणालीले यातायात अभाव भई झन् समस्या ल्याएको थियो ।

कोरोना भाइरसको जोखिम रोकथामका लागि उपत्यकामा ७ माघबाट जोर बिजोर प्रणाली लागू गरिएको थियो । यसले दैनिक जनजीवन प्रभावित भएको थियो ।

जोर बिजोर प्रणालीले आर्थिक गतिविधिमा समेत असर परेको छ । कोरोना भाइरस रोकथामका लागि भने यो प्रणालीले खासै काम गर्न नसकेको रिपोर्टिङ सरकारमा पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post