निर्वाचन आयोगले कानुन मन्त्रालयलाई बोलायो

 कोरखबर   १४ माघ, २०७८



१४ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानुनका विषयमा आयोगले मन्त्रालयसँग छलफल गर्न लागेको हो ।कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए ।

निर्वाचन आयोगल स्थानीय तहको निर्वाचन आगामी बैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले सरकारले मिति तोकेको छैन ।

बरु सरकारले संविधानसँग बाझिएका निर्वाचनसँग सम्बन्धी ऐनकानुन संशोधन गर्ने विषयमा कानुनका जानकारहरुसँग परामर्श लिंदै आएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post