काठमाडौँमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु

 कोरखबर   १३ माघ, २०७८



१३ माघ, काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु भएको छ । गए राति आफ्नै घरमा आगो बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो ।

घरमै कोइला बालेर सुतेका उनीहरूको बिहान मृत्यु भएको साँखु प्रहरी चौकीले जनाएको छ ।

बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले घटनास्थल पुगेको टोलीले थप अनुसन्धान थालेको छ । केही दिनअघि भक्तपुरमा पनि घरभित्रै आगो बालेर सुतेका दम्पती गम्भीर बिरामी पर्दा ३ महिनाका छोराको निसास्सिएर मृत्यु भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post