माघ १२, रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ गोङगाङमा आज बुधवार बिहान सुक्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर अर्का एक जना घाइते भएका छन् ।
पहिरोमा पुरिएर ज्यान गुमाउनेमा गोसाईँकुण्ड गाउँपालिका ६ ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहनुभएको छ । घाइते हुनुभएका गोङगाङका कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।
उनीहरू दुवै जना सडकमा ग्याबिन पर्खाल लगाउने काम गरिरहेका वडाध्यक्ष टासी छोवाङ तामाङले बताउनुभयो ।