माघ १२, काठमाडौं । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा जनसंख्या वृद्धिदर वार्षिक रुपमा घटिरहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागका अनुसार २०६८ को जनगणनामा २७ वटा जिल्लामा जन संख्या वृद्धिदर ऋणात्मक थियो । विभागका अनुसाार सबैभन्दा कम जन संख्या वृद्धि रामेछापमा देखिएको छ ।
रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस एक दशमलव ६५ प्रतिशत छ ।
त्यस्तै सबैभन्दा बढी जनसंख्या वृद्धिदर शहरी क्षेत्रमा भक्तपुरमा ३ दशमलब ३२ प्रतिशत छ भने हिमाली जिल्ला मुगुमा १ दशमबलव ८० प्रतिशत जनसंख्या वृद्धिदर देखिएको छ ।