झण्डै साढे १४ लाखले बढ्यो पुरुषको संख्या

 कोरखबर   १२ माघ, २०७८



माघ १२,काठमाडौं । नेपालमा पुरुषको जनसंख्या १० वर्षमा झण्डै साढे १४ लाखले बढेको छ । 

२०७८ को जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार पुरुषको संख्या १४ लाख ४२ हजार २७० ले बढेको पाइएको केन्द्रीय तथ्यांक विभागको भनाइ छ ।

२०६८ को जनगणनामा पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ थियो । अहिले पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ पुगेको विभागले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post