१० माघ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार बैठक आज ३ बजेका लागि बोलाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा निर्वाचनललगायतका विषयमा छलफल हुने बताइएको छ। सरकारमाथि स्थानीय तहको निर्वाचन समयमै गराउनुपर्ने दबाब छ।
विभिन्न चरणमा भएको स्थानीय तहको निर्वाचन कुन मितिमा गर्ने भन्ने विषयमा कानुनविद्हरु पनि एकमत छैनन्। आइतबार सत्तारुढ दलका नेताहरुले कानुनविद्हरुसँग यस विषयमा छलफलसमेत गरेका थिए।
सञ्चारमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएको भन्दै कानुनविद्हरुले संशोधन गर्न सुझाव दिएको बताएका थिए।