यो गाउँपालिका : जसले किसानलाई मासिक दुई हजारका दरले पेन्सन दिन थाल्यो

 कोरखबर   १० माघ, २०७८



माघ १०,दाङ । बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ। गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ।

यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए। उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन्। गाउँपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले उत्कृष्ट किसान छानेर पेन्सन दिन थालेको बताए।

उत्कृष्ट भई पेन्सन पाएपछि किसानहरू खुसी छन्। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post