ओखलढुङगामा जिप दुर्घटना : तीन जनाको मृत्यु

 कोरखबर   ९ माघ, २०७८



माघ ९, काठमाडौँ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो । जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका-१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिनपा-१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।

ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post