आज मध्यरातिबाट उपत्यकाभित्र सवारीसाधनमा जोर विजोर प्रणाली

 कोरखबर   ७ माघ, २०७८



७ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरिएको छ ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ ।

‘जिल्लाभित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सवारीसाधन सञ्चालन गर्ने’, जारी आदेशमा भनिएको छ । साथै लामो दूरीमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्नुपर्ने पनि भनिएको छ । सवारीसाधन प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्न, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिइएको छ ।

बिहीबार जारी गरिएको आदेशमा अर्को सूचना जारी नभएसम्मका लागि लागु हुनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post