जंगी अड्डाले गर्‍यो मेजर शाहीलाई बर्खास्त

 कोरखबर   ६ माघ, २०७८



माघ ६, काठमाडौं । जंगी अड्डाले सैनिक आचरण विपरित कार्य गरेको भन्दै सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोक शाहीलाई बर्खास्त गरेको छ। सैनिक आचरण विपरित कार्य गरेपछि उनलाई सैनिक ऐन अनुसार बर्खास्त गरिएको नेपाली सेना सहायक रथी एवम् प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

सेनानी शाहीले मदिरा सेवन गरेको, होटल पुगेर ग्राहक र सर्वसाधरणसँग झगडा गरेको आरोप लागेपछि घटनाको अनुसन्धानका लागि तत्काल कोर्ट अफ इन्क्वाइरी गठन भएको थियो। सोहि समितिको प्रतिवेदनका आधारमा उनलाई सेवाबाट हटाएको हो। उक्त समयमा सेनानी शाहीको साथमा हतियार पनि रहेको थियो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post