प्रधानन्यायाधीश राणाले बोलाए फुलकोर्ट बैठक

 कोरखबर   ४ माघ, २०७८



माघ ४,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फुलकोर्ट बैठक बोलाएका छन् । प्रधानन्यायाधीश राणाले आफ्नै बैठक कक्षमा फुलकोर्ट बैठक बोलाएका हुन् ।

बैठकमा न्यायालयमा पछिल्ला दिनहरुमा भइरहेको क्रियाकलाप र कोरोना महामारीका विषयमा छलफल गर्न बैठक बोलाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार कोरोना महामारी बढिरहेको बेला सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने उनको भनाइ रहेको छ ।

‘कोरोना महामारी बढिरहेका बेला कसरी सेवालाई प्रभावकारी बनाउने भन्ने विषयमा फुलकोर्ट बैठक बोलाइएको हो । केही बेरमा बैठक सुरु हुनेछ’, उनले भने । प्रवक्ता दाहालले दिएको जानकारी अनुसार सर्वोच्चमा १ न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post