सेल्फी खिच्ने क्रममा शिक्षकको ज्यान गयो

 कोरखबर   ४ माघ, २०७८



कैलाली, ४ माघ । कैलालीमा एक शिक्षकको पुलमा सेल्फी खिच्ने क्रममा मृत्यु भएको छ । जिर्ण भइसकेको काठको गोदावरी पुलबाट खसेर अछाम घर भएका शिक्षक रुपराज भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३९ वर्षीय शिक्षक भाटको पुलबाट खसेर टाउको र शरीरमा चोट लागेको छ । उपचारको क्रममा मृत्यु भएको भाटको परिवारले भने हत्या भएको दाबी गरेको छ ।

उक्त पुलमा बेलुका ५ बजेपछि जान कडाई गरेको प्रहरीले बताएको छ । भाटको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post