३ माघ, काठमाडौं। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र कोरोना संक्रमण फैलिएको छ । सिंहदरबार भित्र विभिन्न मन्त्रालयमा कार्यरत चार सचिवसहित सय भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
संक्रमित चार जना सचिवमध्ये तीन जना प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका हुन् । थप एक जना उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव रहेका छन् ।
प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ । अन्य मन्त्रालयलहरुमा कर्मचारी धमाधम बिदा बस्न थालेका छन् । कोरोना संक्रमित कर्मचारीलाई १४ दिन सम्मको कोभिड काज बिदा दिने गरिएको छ ।