पुस ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्नेगरि बैठक बोलाएको छ। एक हप्ताभित्र दोस्रो पटक कोभिड परीक्षण गराउँदा नेगेटिभ आएपछि प्रधानमन्त्री देउवा शुक्रबारदेखि नियमित काममा फर्किएका छन्।
गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बसेका देउवा आजदेखि भने सबै कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
सर्वदलीय तथा सत्ता गठबन्धनका बैठकमा सँगै सहभागी भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित केही नेताहरुमा कोभिड लक्षण देखिएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका थिए।