वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

 कोरखबर   ३० पौष, २०७८



पुस ३०, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

शुक्रवार सर्वदलीय बैठकमा आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।आयोगको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ ।

‘स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ भनेर आयोगले प्रस्ताव गरेको छ । यसबारे सरकारले छलफल गरेर टुंगोमा पुर्‍याउने छ,’ कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘आयोगले प्रस्ताव गरेको छ । यही तिथि मितिमा गर्ने कि के गर्ने भन्ने सरकारले निर्णय गर्ला ।’

आयोगले गृहमन्त्री र महान्यायाधिवकता मार्फत चुनावको मिति सरकारलाई सिफारिश गरेको जानकारी गराएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post