धादिङ पहिरो अपडेट : डोजर थोरै देखियो, बेपत्ता ३ जनाको खोजी चल्दै

 कोरखबर   ३० पौष, २०७८



पुस ३०, धादिङ । धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसँगै पुरिएका तीन जनाको खोजी जारी छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार हिजो दिनभर खोज्दा पनि पहिरोमा बेपत्ताहरू नभेटिएकाले आज शुक्रबार बिहानै पुनः खोजी सुरु गरिएको हो।

धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरु र लिङ्जो जोड्ने ट्रयाक सडक खन्ने क्रममा बिहीबार बिहान डोजरसहित यसका चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय बासिन्दा अनिश तामाङ पहिरोमा पुरिएका हुन्।  तामाङका अनुसार चालक र सहचालक काभ्रेका भएको खुलेपनि काभ्रे कुन ठाउँ भन्ने खुल्न सकेको छैन् ।

खोजीका क्रममा अहिलेसम्म पहिरोमा पुरिएको बा २ क ४८२१ नम्बरको डोजरको केही भाग मात्र देखिएको छ। तर मानिसको अहिलेसम्म नामोनिशान देखिएको छैन।  ‘उनीहरूको खोजीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। पहिरो निकै ठूलो भएकाले पन्छाउन त्यति सजिलो नभएको प्रनाउ भण्डारीले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post