पुस २९, काठमाडौँ । नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि उनले बताएका छन् ।
'नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।' बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले यस्तो जानकारी दिएका छन् ।
यसका साथै कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
१० दिनमा ९ गुणाले बढ्यो संक्रमण
विज्ञहरूका अनुसार कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिरहेको छ । त्यसले तेस्रो लहरको रूप लिइसकेको पनि उनीहरुले बताएका छन् । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसंख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ । जसमा वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् ।