उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

 कोरखबर   २३ पौष, २०७८



२३ पुस, काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसिरहेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकार सञ्चालनदेखि आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा छलफल भइरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसेको हो । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिको बैठक बिहीबार पनि बसेको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post