इटहरीमा बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

 कोरखबर   २२ पौष, २०७८



२३ पुस, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बिहीबार साँझ बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक संखुवासभाको खाँदबारी नगरपलिका–७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राई रहेका छन् ।

बसको ठक्करबाट घाइते भएका दुबै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ख ८१९६ नम्बरको बसले को २७ प २१९ नम्बरको मोटरसाईकललाई हिजो साँझ साढे ७ बजे ठक्कर दिएको थियो । बस सहित चालक प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post