बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु

 कोरखबर   १९ पौष, २०७८



पुस १९, काठमाडौं । सत्ता गठबन्धनका राजनीतिक दलको बैठक बालुवाटारमा सुरु भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान साढे ९ बजेदेखि सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ।आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदै छन्।

राष्ट्रपतिबाट मनोनित हुने एक सिटबाहेक १९ सिटका लागि आगामी माघ १२ गते ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन्।

आगामी माघ १२ गते राष्ट्रिय सभाको १९ सदस्य पदका लागि मतदान निर्वाचन हुँदै छ। आगामी मंगलबार उम्मेद्वारको मनोनयन दर्ता गर्नुपर्ने भएकाले गठबन्धनको बैठक बस्न लागेको हो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post