सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, ५ जना घाइते

 कोरखबर   १८ पौष, २०७८



जनकपुर, १८ पुस । धनुषामा आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर पुर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका कार्यकर्ताहरु ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन् । घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट लागेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।

त्यस्तै, ३ जनाको खुट्टा चोट लागेको जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post