पुष १८, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को जवान भर्नाका लागि लिइएको लिखित परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।
शनिबार संचालन भएको परीक्षामा बागलुङको ढोरपाटन-६ का १८ वर्षीय निलकुमार अदै र धनकुटाको शहीदभूमी गाउँपालिका-५ का २७ वर्षीय सौहार्द राई नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको हो ।
अदैले सुनिल पुन मगर र राईले योगेन्द्र राईको नाममा परीक्षा दिएको सशस्त्र प्रहरी बलले जनाएको छ । एपीएफका अनुसार थम्ब रिडर बायोमेट्रिक डिभाइसबाट नक्कली परिक्षार्थीको पहिचान गरिएको हो ।