गर्भवतीको हवाईबाट उद्धार, तर बचेन बच्चा

 कोरखबर   १८ पौष, २०७८



१८ पुष, खोटाङ । डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ ।

काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post