गाउँपालिकाको निर्माणाधीन भवन गुणस्तरहीन पाईयो, ठेक्का रद्द

 कोरखबर   १६ पौष, २०७८



पुस १६, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन गुणस्तरहीन भएको पुष्टिपछि ठेक्का रद्द गरिएको छ । रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभीद्वारा निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टिपछि ठेक्का रद्द गरिएको हो ।

ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टि गरेपछि ठेक्का रद्द गरिएको हो । निर्माणाधीन भवन गुणस्तरहीन भएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले प्रतिवेदन दिएपनि उक्त भवन निर्माणमा संलग्न प्रतिनिधिले किर्ते गरेर गाउँपालिकालाई प्रतिवेदन बुझाएको र गुणस्तरका लागि पटकपटक अनुरोध गर्दा समेत बेवास्ता गरिएकाले ठेक्का रद्द गर्नु परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् ।

उक्त भवन तीन करोड ६९ लाख ८५ हजार आठ सय ७३ रुपैयाँको लागत इस्टिमेटको आधारमा टेन्डर आह्वान गरिएपनि मूल्यअभिवृद्धि करसहित दुई करोड ६८ लाख ४३ हजार तीन सय ४६ रुपैयाँमा ठेक्का पारेको हो ।

पुस ११ गतेको निर्णयले ठेक्का सम्झौता रद्द, धरौटी जफत, उक्त भवन निर्माणका लागि पेस्की फिर्ता र निर्माणमा संलग्न निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया बढाइएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post