जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रको सालिक पुनः राखियो

 कोरखबर   १४ पौष, २०७८



१४ पुस, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व।राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६/०६३ सालको जनआन्दोलनका क्रममा स्व। राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए ।

वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्को पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुँदै आएको थियो ।

बुधबार दिउँसो स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको सालिक राखेको हो । गोरक्ष पिठाधीश योगी बलभद्रको अगुवाइमा युवाहरूको समूहले वीरेन्द्रचोकमा सालिक राखेको हो । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको गुरुयोजना स्व.राजा वीरेन्द्रले नै बनाउन लगाएकाले उनको सालिक राख्नुपरेको पिठाधीश बलभद्रले बताए ।

वीरेन्द्र २०२३ मा सुर्खेत भ्रमण आएका थिए । उक्त समयमै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए । आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए । राजाको शालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।

भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको सालिक २०४३ सालमा राखिएको थियो । वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले शालिकको अनावरण गरेकी थिइन् । वीरेन्द्रनगरलाई गुरुयोजनासहितको सहर निर्माण गर्ने वीरेन्द्रको सम्मानका यो सहरको नाम राखिएको कालीप्रसाद पाण्डे बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post