मृत भेटिएका एसएसपी यादवको अन्त्येष्टि गरियो

 कोरखबर   ११ पौष, २०७८



पुष १०, रूपन्देही । शुक्रबार मृत भेटिएका संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको शनिबार नवलपरासीको त्रिवेणीमा शव यात्रासहित अन्त्येष्टि गरिएको छ । त्रिवेणीधाम घाटमा यादवका १५ वर्षीय छोराले दागबत्ती दिएको स्थानीयले जानकारी दिएका छन् ।

शनिबार नवलपरासी रामग्राम नगरपालिका—५ स्थित घरबाट शवयात्रा गरी उनको शवलाई त्रिवेणीधामको घाटसम्म पुर्‍याइएको थियो । शवयात्रामा प्रहरीका उच्च अधिकारीहरुसहित आफन्त, नगरवासीलगायतको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए । घाटमा प्रहरीद्वारा उनको शवलाई शोक सलामी दिइएको थियो ।

शुक्रवार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनापछि गृहमन्त्री बालकृष्ण खाँण, उच्च प्रहरी अधिकारी शनिबार नै घटनास्थल पुगेका थिए । गृहमन्त्री खाँणले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post