सिन्धुलीमा जीप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

 कोरखबर   ८ पौष, २०७८



पुस ८,काठमाडौं । सिन्धुलीमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान १ बजे महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश २-०३-००१ च ४००८ नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका-६ रिठ्ठेभीरस्थित बिपी राजमार्गमा दुर्घटना भएको हो।

जीप सडकबाट २६५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी जीपमा सवार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नम्बर १५ बस्ने २० वर्षीय कुन्थाङ मोक्तान छन्। त्यस्तै, सोही ठाउँका चालक ३३ वर्षीय आइत सिंह र २१ वर्षीय मनिष परियार घाइते छन्। 

प्रहरी नायब उपरीक्षक लामाका अनुसार घाइतेको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। मनिष परियारको अवस्था गम्भीर छ।

काठमाडौं आउँदै गरेको जीपमा करिब २०० वटा कुखुरा थियो। ती कुखुरा पनि सबै मरेको प्रहरी नायब उपरीक्षक लामाले बताए। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको बताएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post