यि हुन सिक्का छाप्नका लागी छानिएका ९ अन्तर्राष्ट्रिय कम्पनी !

 कोरखबर   ८ पौष, २०७८



पुस ८,काठमाडौं । नेपाल राष्ट्र बैंकले क्वाइन (सिक्का मुद्रा) को डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि ९ वटा विदेशी कम्पनी छनोट गरेको छ । बैंकले गत सेप्टेम्बर १६, २०२१ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरू मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरेको हो ।

बैंकका अनुसार यि हुन प्रारम्भिक छनोट चरणमा परेका ९ कम्पनी 

  • चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेसन 
  • मिनिका पोलस्का एस.ए पोल्याड
  • मिनकोभिना किमिनिका स्टेन्नी पोड्निक स्लोभाकिया
  • मिन्ट आफ फिनल्यान्ड
  • रियल कासा डी ला मोनिडा स्पेन
  • रोयल क्यानडियन मिन्ट क्यानडा
  • रोयल डुट्थ मिन्ट द नेदरल्यान्ड
  • सेकुरिटी प्रिन्टिङ एण्ड मिन्टिनिङ्ग कर्पोरेसन आफ इन्डिया लिमिटेड
  • द रोयल मिन्ट लिमिटेड युनाइटेड किङ्डम 

अब यी कम्पनीहरुबाट बैंकले अन्तिम नामावली छनोट गर्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post