छुृट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु !

 कोरखबर   ८ पौष, २०७८



पौष ८, काठमाडौं । देशका विभिन्न भागमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।  कास्की, सिन्धुली, सुनसरी र कैलालीका विभिन्न ठाउँमा पछिल्ला १२ घण्टामा सवारी दुर्घटना भएको हो । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय कृष्ण सुवेदी र त्यसको पछाडि सवार २८ वर्षीय सुनील केसी छन्। 

प्रहरीका अनुसार, गएराति १२ बजे सडक छेउमा रोकिराखेको ना ७ ख ९१२४ नम्बरको ट्रकमा ग २१ प ४४६० नम्बरको स्कुटर ठोकिएर यो दुर्घटना भएको हो। 

सुनसरीको इनरुवा नगरपालिका–६, मधेसामा गएराति पैदलयात्रीले ट्रकको ठक्करबाट ज्यान गुमाएका छन् । रामेश्वर उराउ नाम गरेका व्यक्तिको दुर्घटनामा निधन भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। 

सिन्धुलीको सुनकोशी गाउँपालिका ६ मा एक जनाको मृत्यु भएको छ । कुखुरा बोकेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको जीप अनियण्त्रित भएर दुर्घटना हुँदा जीपमा सवार  कुनथाङ मोक्तानको ज्यान गएको हो। 

सोही घटनामा जीप चालकसहित दुई घाइते छन् । उनीहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, साइकल दुर्घटना हुँदा  भजनी नगरपालिका–८ काँडाका ५५ वर्षीय साधुराम डगौराको ज्यान गएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post