ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

 कोरखबर   ७ पौष, २०७८



पुष ७, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ।

राजदूत यान्छी बुधबार ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी हुन्। राजदूत यान्छी  र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।

१० औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओली र होउबीच पहिलो पटक भेटवार्ता भएको हो। भेटका क्रममा राजदूत यान्छीले बधाइ तथा शुभकामना दिइन्।  चिनियाँ राजदूत यान्छी नेपालको राजनीतिप्रति चासो राख्दै आएकी छिन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post